Day: १९ श्रावण २०७७, सोमबार १३:२१

अष्ट्रेलियामा अनलाइन तीज नृत्य प्रतियोगिता, विजेतालाई ७५० डलर पुरस्कार

मेलबर्न। अष्ट्रेलियामा अनलाइन तीज नृत्य प्रतियोगिता हुनेभएको छ। गुल्मी समाज भिक्टोरीया र नेपअस क्रियुको संयुक्त आयोजना तथा एक्स्पर्ट एजुकेशनको मूख्य प्रायोजनमा अनलाइन तीज नृत्य प्रतियोगिता हुनेभएको हो। अनलाइन तीज नृत्य प्रतियोगितामा एकल प्रस्तुति मार्फत भाग लिन सकिने आयोजकले बताएका छन्। आयोजकका अनुसार अष्ट्रेलियावासी नेपाली मात्र नभई न्युजिल्याण्डवासी नेपालीले समेत भाग लिन सक्ने यस प्रतियोगितामा बढीमा दुई मिनेटको भिडियो पठाउनु पर्नेछ। प्रतियोगी पन्ध्र वर्ष माथि उमेरको हुनुपर्ने बताइएको छ। त्यस्तै, भिडियोमा नेपाली परम्परागत पहिरन लगाएर एकल नृत्य प्रस्तुत गरेको हुनुपर्नेछ र भिडियोमा बढीमा बीस देखि तीस सेकेन्डको आफ्नो परिचय समावेश गर्नुपर्नेछ। १५ अगस्ट, बेलुका ४ बजेबाट सुरु हुने यस प्रतियोगितामा...

Read More

आज क्वाँटी खाने दिन, यस्ता छन् क्वाँटीका विशेषता र फाइदा

काठमाडौं । अाज रक्षाबन्धन अर्थात जनैपूर्णिमा काठमाडाैँ उपत्यकासहित देशभर मनार्इदैछ  । याे दिन क्वाँटी खाने परम्परा रहेको छ । ९ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाइएको परिकारलाई क्वाँटी भनिन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ । हुन याे खास गरी नेवार समुदायमा रहेकाे प्रचलन हाे तर पछिल्लाे समय सबैले नै खाने गरेका छन् । श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले गुँपुन्ही पर्व मनाउँदैछन् । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको...

Read More

आज जनैपूर्णिमा तथा रक्षा बन्धन

काठमाडौं । आज जनैपूर्णिमा । सनातन हिन्दु तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गएर गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने चलन छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । श्रावण शुक्ल पूर्णिमाका दिनपर्ने यस दिनलाई ऋषितर्पणी भन्ने गरिन्छ । आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । त्यसैगरी जनैपूर्णिमाका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोगव्याधी...

Read More

मेलबर्नमा ६ साता लामो रात्रिकालीन कर्फ्यु, ५० हजार बढी नेपाली प्रभावित

साउन १९ काठमाडौं कोरोना भाइरस (कोभिड–१९) को संक्रमण लगातार बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा ‘स्टेट अफ डिजास्टर’ घोषणा गरिएको छ । आइतबार साँझ ६ बजेदेखि सुरु हुने यो घोषणासँगै मेलबर्नमा ६ साताका लागि रात्रिकालीन कर्फ्युको समेत घोषणा गरिएको छ । सरकारद्वारा घोषणा गरिएको यो कडा नियमले मेलबर्नमा रहेका ५० हजार बढी नेपालीसमेत प्रत्यक्ष प्रभावित बनेका छन् । अस्ट्रेलियाका अन्य राज्यहरूमा भाइरस संक्रमण कम भइरहेको भए पनि भिक्टोरियामा करिब एक महिनादेखि पुनः ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित देखिएका छन् । कान्तिपुर...

Read More