Month: १६ श्रावण २०७७, शुक्रबार १०:५८

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना जाँच गर्न जाँदा काम छुटेमा ३ सय डलर सहयोग

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना जाँच गर्न जाँदा काम छुटेमा राज्य सरकारले राहत स्वरुप ३ सय डलर सहयोग दिने भएको छ। भिक्टोरियामा कोरोना संक्रमण फैलिरहेको समयमा जाँच गरि सुरक्षित रहनु आवश्यक छ। यस्तो समयमा जाँच देखि नतिजा नआएसम्म घरमै बस्नुपर्ने हुँदा काम छुटेको खण्डमा सरकारले उक्त सहयोग उपलब्ध गराउने भएको हो । त्यस्तै, कोरोना भाइरस लागेको पुष्टि भएको वा संक्रमण पुष्टि भएको मानिसको निकट सम्पर्कमा आएका योग्य भिक्टोरियाबासी कामदारहरूको सहयोगार्थ सरकारले एक पटकको लागि १५ सय डलर सहयोग उपलब्ध गराउँछ । थप जानकारीको लागि कोरोनाभाइरस हेल्पलाइन 1800 675 398 मा (दैनिक २४ सै घण्टा) सम्पर्क गर्न सकिन्छ । https://bit.ly/3fgRYgG...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा ८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि, पिडितलाई एनआरएनएको सहयोग

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा ८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु विद्यार्थी देखि एनआरएनए पदाधिकारीहरुसम्म रहेको बताइएको छ। संक्रमित मध्ये ४ जना होटल क्वारेन्टिनमा र ४ जना घरमै आइसोलेसनमा बस्नेछन्। घरमा छुट्टै कोठा र बाथरुम रहेका कारण उनीहरुलाई घरमै आइसोलेसनमा बस्न भनिएको हो। विद्यार्थीलाई होटल क्वारेन्टिनको लागि एनआरएनए अष्ट्रेलियाले पहल गरेको छ भने संक्रमितहरुका लागि आवश्यक ग्रोसरी लगायत सहयोग गरिरहेको छ। नेपालीहरु रेष्टुरेन्ट तथा बार, एज्ड केयर, हस्पिटल जस्ता कोरोना संक्रमणको उच्च जोखिम रहेको क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै एनआरएनए अष्ट्रेलियाले थप अन्यको पनि परिक्षण गरिने जनाएको छ। https://bit.ly/3fgRYgG...

Read More

अष्ट्रेलियामा भिक्टोरियाको कोरोना नियन्त्रणमा सघाउन आएकी क्विन्सल्याण्डवासी नर्समा सर्यो संक्रमण

मेलबर्न। अष्ट्रेलियामा भिक्टोरियाको कोरोना संक्रमण नियन्त्रणमा सघाउन आएकी क्विन्सल्याण्डवासी नर्समा कोरोना संक्रमण भएको पुष्टी भएको छ। संक्रमण नियन्त्रणकै लागि काम गरिरहेको समयमा उनमा कोरोना भाइरस सरेको हो। भिक्टोरियामा कोरोना भाइरस संक्रमण फ़ैलिएपछि त्यसको नियन्त्रणमा सघाउन क्विन्सल्याण्डबाट स्वास्थ्यकर्मीको टोली आएको थियो। आफ्नो ज्यानको प्रवाह नगरी क्विन्सल्याण्डबाट भिक्टोरिया आएर खटिएका २८ नर्स मध्ये एकमा कोरोना भाइरस सरेको हो । सेभेन न्युजका अनुसार, क्विन्सल्याण्डका स्वास्थ्य अधिकारीहरुले उनलाई घर फर्काउन तयारी गरिरहेको बताइएको छ। https://bit.ly/3fgRYgG...

Read More

अष्ट्रेलियाको सिड्नीमा कोरोना फैलिएको रेष्टुरेन्टका मालिकद्वारा आफूहरु पिडित भएको गुनासो

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा कोरोना फैलिएको रेष्टुरेन्टका मालिकले आफूहरु पिडित बनेको गुनासो गरेका छन्। सिड्नीमा रहेको थाई रक रेष्टुरेन्ट चेनसंग सम्बन्धित एक सय भन्दा बढी कोरोना भाइरस संक्रमित केस फेला परेको छ। सोही रेष्टुरेन्टका मालिकहरुले अहिले आफूहरु पिडित भएको गुनासो गरेका हुन्। नाइन न्युजसंगको कुराकानीमा उनीहरुले कसरी संक्रमण फैलियो भन्ने आफूहरुले नबुझेको बताएका छन्। त्यस्तै उनीहरुले अब रेष्टुरेन्ट पूरानो अवस्थामा कसरी फर्काउने, आफ्नो व्यवसाय कसरी चल्छ भन्ने कुरामा अन्योल रहेको उल्लेख गर्दै अहिले आफूहरु पिडित भएको गुनासो गरेका छन्।...

Read More

कोरोना भाइरस संक्रमण देखिएको कुकुरको मृत्यु

एजेन्सी। कोरोना भाइरस संक्रमण भएको कुकुरको मृत्यु भएको छ। अमेरिकामा पहिलो पटक कुकुरमा कोरोना भाइरस संक्रमण देखिएको भनिएको कुकुरको मृत्यु भएको हो। गत अप्रिल महिनामा न्युयोर्कमा कोरोना भाइरस संक्रमण फैलिरहेको समयमा बड्डी नाम गरेको उक्त कुकुरको स्वासप्रश्वासमा समास्या देखिएको थियो। एक महिना पछि उसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। ६ वर्षको उक्त कुकुरको जुलाई ११ मा मृत्यु भएको बताइएको छ। परिवारको एक सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उक्त उसमा पनि संक्रमण देखिएको थियो। कुकुर पूर्ण निको हुने विश्वास लिइएको थियो। तर उसमा क्यान्सरको पनि लक्षण देखिएकोले कोरोना भाइरसलाई जित्न नसकेको अनुमान गरिएको छ। त्यसयता अमेरिकामा अन्य कुकुरमा...

Read More