Day: ४ जेष्ठ २०७७, आईतवार १५:०७

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारकाे निर्णय

काठमाडौं : सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।  मन्त्रिपरिषदकाे आइतबारकाे बैठकले याे निर्णय गरेकाे हाे। केहीबेर अघि बसेकाे काेराेना राेकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन वैशाख २० गतेसम्म लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो।  साथै लकडाउनलाई झनै कडाइसाथ लागु गरिने पनि बताइएकाे...

Read More

लकडाउनको समयमा ब्लड प्रेसर बढ्ने खतरा अझ बढी

काठमाडौं – यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ । घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचाप बढ्ने खतरा अझ बढेको छ । नेपाल हार्ट फाउन्डेसनले जनाएअनुसार नेपालमा १८ वर्षमाथिको जनसङ्ख्यामध्ये एक तिहाइ जनसङ्ख्यामा उच्च रक्तचाप रहेको पाइएको छ । हरेक वर्षको मे १७ मा मनाइने यो दिवस सन् २००५ बाट मनाउन सुरु गरिएको हो । व्यस्त र बदलिँदो जीवनशैली, बजारमा बनेका खानेकुरा खाने बानी, कम सुुत्ने, मदिरापान, धूूमपानजस्ता कारणले उच्च रक्तचाप हुने सङ्ख्या बढ्दैछ । उच्च रक्तचापलाई हाइपर टेन्सन पनि भनिन्छ । उच्च रक्तचाप नेपाली समाजका लागि पनि खतराको...

Read More

बाँकेको क्वारेन्टिनमा रहेका युवकको मृत्यु

जेठ ४ बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ।  गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए।उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो।क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको बताए। कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उनको...

Read More

नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै, प्रधानमन्त्रीको जवाफ मंगलबार

४ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा आइतबार संसदमा छलफल सुरु हुँदै छ । छलफलका लागि आइतबार बिहान ११ बजे संसद बैठक बस्दै छ । संसदीय प्रचलन अनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरुले आफ्ना धारणा राख्नेछन् । नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिन छलफल गरेर मंगलबार प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन् । कोरोना संक्रमणका कारण यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता...

Read More

निजगढ विमानस्थल निर्माण फेरि विवादमा, पर्यटन र वनमन्त्री रस्साकसी

काठमाडौँ — सरकारको नीति तथा कार्यक्रममा बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ गरिने उल्लेख भएपछि कोरोना संक्रमणपछिको लकडाउनले छायाँमा परेको उक्त विषय पुन: सतहमा आएको छ । अघिल्लो वर्षको नीति तथा कार्यक्रममा पनि उक्त विमानस्थलको निर्माणकार्य शिघ्र प्रारम्भ गरिने उल्लेख थियो । रुख कटानी र विमानस्थलसम्बन्धी वातावरणीय प्रभाव मूल्याकंन (ईआईए) प्रतिवेदन खारेजीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थल निर्माणलाई जोड दिएर अदालतको अवहेलना गरेको टिप्पणी सम्वद्ध विशेषज्ञहरुले गरेका छन् । यससँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया विवादमा परेको छ । नीति तथा कार्यक्रम आउनुभन्दा करिब एक साता अघि पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा...

Read More