Sunday, January 19, 2025
No menu items!
Homeटप-स्टोरी“अष्ट्रेलिया आएर पैसा कमाउदैमा घरपरिवार बिर्सन कहाँ सकिन्छ र !”

“अष्ट्रेलिया आएर पैसा कमाउदैमा घरपरिवार बिर्सन कहाँ सकिन्छ र !”

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएको रितेश कोइरालासंग कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालमा घर चितवन हो।

अष्ट्रेलिया जानुभएको कति भयो ? हाल अष्ट्रेलियाको कुन ठाउँमा बस्नु हुन्छ ?
म अष्ट्रेलिया आएको ४ वर्ष भयो। हाल म अष्ट्रेलियाको सिड्नीमा बस्छु।

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले मैले काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालबाट +२ लेभलको पढाई सकेर अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
आफुले पढाईलाई राम्रो संग अघि लैजान सकियो भने राम्रो छ। अष्ट्रेलियाको पढाईले मात्र आफ्नो भविष्य बनाउन सकिन्छ भन्ने छैन। आफुले ध्यान दिएर निरन्तरता दिन सक्नुपर्छ अष्ट्रेलियाको पढाईले मात्र नभई अन्य देशहरुको पढाईले पनि आफ्नो भविष्य राम्रो बनाउन सकिन्छ। “हुने बिरुवाको चिल्लो पात” भने जस्तै पढ़नी मान्छेलाई जता बसेर पढे पनि आफ्नो भविष्य बनाएका हुन्छन्।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
म अष्ट्रेलिया आउँदा त्यस्तो केहि सोचेको थिएन। फोटोमा र आफुले प्रतक्ष्य देखेकोमा केहि फरक अवश्य पनि हुन्छ। मलाई चाहिँ केहि फरक लागेन। नेपालमा हुँदा साथीभाईहरुले अष्ट्रेलिया बारे जस्तो भन्ने गर्थे म अष्ट्रेलिया आइसकेपछि पनि त्यस्तै नै अनुभव पाएको छू।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
अरुको ठाउँ,अरुको देशमा आउँदा त धेरै गाह्रो हुन्छ नि ! मलाई पनि सुरुमा धेरै गाह्रो भएको थियो। मैले सरसफाईबाट काम सुरु गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाईले मलाई सबैभन्दा पहिला आफुलाई समयको म्यानेज गर्न सिकायो। आफ्नो दैनिक नियमित काम जस्तो भएको छ। अष्ट्रेलियाको राम्रो पक्ष भनेको वातावरणहरु राम्रो हुन्छ। यहाँका कर्मचारीहरले पाउने सेवा सुबिधा राम्रो छ। नराम्रो भने आफु परिवारबाट टाढा बस्नु पर्छ। आफ्नो गाउँ ठाउँ जस्तो हुँदैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलियाको नेपाली समुदाय मलाई धेरै नै राम्रो लाग्छ। कुनै नेपाली चाडपर्वको बेलामा केहि कार्यक्रमहरु राख्नु हुन्छ। सबैजनाले सबैजनालाई आफ्नो दिदीबहिनी दाजुभाई जस्तै सम्मान गर्नु हुन्छ। चाडपर्वको बेलामा घर जान नपाएपनि सबैलाई देख्दा रमाइलो लाग्छ। समय मिलाएर बेलाबेलामा सबै नेपाली दिदीबहिनी दाजुभाईहरु मिलेर नेपाली सस्कृतिलाई झल्काउने कार्यक्रम राख्नु हुन्छ, रमाइलो गर्नु हुन्छ। समुदायका लिडरहरुले नयाँ आएका विद्यार्थीहरुलाई त्यहाँको बारे सबै नियम कानुनहरु सिकाइदिनुहोला। कोहि नेपालीहरुलाई दु:ख परेको बेलामा आफ्नै सम्झेर सहयोग गर्नुहोला भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफुलाई यहाँसम्म पुराउने परिवारलाई सम्झना नगर्ने कुरा नै हुँदैन। अरु समयमा मन बुजाउन सकेपनि चाडपर्वको बेलामा भने सकिदैन। आफु विरामी भएपनि काममा जानु पर्दा र कामबाट थाकेर आएको बेला आमाको हातले बनाएको मिठो खानको धेरै सम्झना आउँछ। राम्रो देशमा गएर जति पैसा कमाएपनि आफ्नो घरपरिवारलाई कहिल्यै बिर्सन सकिदैन। मेरो परिवारको सम्झना धेरै आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउने सबै नेपाली दिदीभाईहरुले सबै कुरामा बिचार पुराएर मात्र आउनुहोला। सुरुसुरुमा नयाँ ठाउँ भएर धेरै गाह्रो हुन्छ, त्यसमा नआतिनु होला। हजुरहरुले पछि काम गर्दै गएपछि साथीहरु बनाएपछि सजिलो हुन्छ। अष्ट्रेलिया आइसकेपछि काम गर्न सकिन भनेर हरेश नखानुहोला। आमाबुवाले हजुरमाथि धेरै आशा राखेर त्यो ठाउँसम्म पुराउनु हुन्छ। यहाँ आफ्नो आफन्त कोहि नहुने हुनाले बढी स्वतन्त्रता हुन्छ। स्वतन्त्रता बढी भएका कारण धेरै बिग्रन सक्ने, ट्यापे बनेर हिड्न सक्ने सम्भावना बढी हुन्छ। हजुर कुलतमा नफसी आफ्नो अनुसाशनमा रहेर आफ्नो सपना र परिवारको सपना पुरा गर्नुहोला भन्न चाहन्छु। अभिभावकले बुज्नुपर्ने भनेको छोराछोरी अष्ट्रेलिया गयो भन्दैमा उनीहरु प्रति धेरै आश नरख्दिनुहोला। उनीहरु काम गर्न होइन पढ्न गएको होला भन्ने सोच्नुहोला। धेरै पैसा भनेर मात्र दबाब मात्र नदिनुहोला भन्न चाहन्छु।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments