आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

प्रत्येक वर्षको डिसेम्बर ७ तारिकमा विश्वभर मनाइने यो दिवस नेपालमा पनि मनाउने गरिएको छ । हवाइ यात्रालाई सुरक्षित बनाउन सबैलाई जागरुक गर्दै हवाइ यात्राको पहुँच विस्तार गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । हवाई उड्डयन सुरक्षा तथा अन्तर्राष्ट्रिय उड्डयन नियमन गर्ने उद्देश्यले स्थापित आइकाओले सन् १९९४ देखि डिसेम्बर ७ तारिखलाई आईकाओ दिवस मनाउँदै आएको छ । करिब २ सय राष्ट्र सदस्य भएको आइकाओको नेपाल पनि सदस्य राष्ट्र भएकाले नेपालमा पनि आइकाओ दिवस मनाउने गरिएको छ ।

Comments