इग्लिस प्रिमियर लिगमा यस सिजन अपराजित रहँदै आएको चेल्सी आफ्नो १५ औं खेलमा हार बेहोरेको छ ।

गएराति भएको खेलमा न्युकासल युनाइटेडसँग भएको खेलमा लिगको शीर्ष स्थानमा रहेको चेल्सी २–१ गोल अन्तरले पराजित भएको हो । त्यस्तै एभर्टनलाई १–० गोल अन्तरले हराउँदै म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँगको अंक दुरी तीनमा झारेको छ । त्यस्तै गएरातिनै भएका अन्य खेलमा हल सिटी र वष्ेटव्रोम साथै लिभरपूल र सण्डरल्याण्डवीच भएको खेलमा गोलरहित बराबरी खेलेका छन् । क्युपीआरले बर्नलेलाई २–० ले पराजित गरेको छ भने स्टोक सिटीले आर्सनललाई ३–२ ले हराएको छ । टोटनह्यामले क्रिष्टल प्यालेसलाई गोलरहित बराबरीमा रोकेको छ ।

लिग अन्तर्गत आज राति दुई खेल हुँदैछन् । वेष्ट ह्याम र स्वान्सी आमने सामने हुदा एस्टन भिल्ला र लिसेष्टर सिटीले प्रतिष्पर्धा गर्नेछन् ।

Comments