राजधानी काठमाडौँमा जारि १८ औ सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका विशिस्ट अतिथिहरुको सवारीका कारण आज पनि बिहानै देखि सार्वजनिक तथा निजि सवारीसाधन प्रयोग कर्ताले सास्ती बेहोर्नु पर्ने भएको छ | सबै  विशिस्ट अतिथिहरु बिहान सोल्टी होटेलबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै हेलिकप्टर मार्फत धुलिखेलमा आयोजना गरिएको रिट्रीटमा सहभागी हुन जाँदै छन् | यसैबीच सार्क राष्ट्रका प्रथम महिलाहरु भक्तपुर दरबार क्षेत्रमा भ्रमण गर्न अहिले बिहान देखिनै त्यस तर्फ जाने भए पछि महानगरीय ट्राफिक प्रहरीले बिशिस्ट पाहुनाहरुको सवारी हुने सबै सडक क्षेत्र खाली गर्ने भएको छ |

सार्क राष्ट्रका राष्ट्रप्रमुखहरुको विशिष्ट सवारीको सुरक्षालाइ मध्यनजर गर्दै सडकमार्ग वरपर सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ | सबै सार्वजनिक सवारी तथा निजि सवारी प्रयोगकर्तालाई सोल्टी होटेल देखि त्रिभुवन विमानस्थलसम्म जानेबाटो को सट्टा अर्को बैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ | विभिन्न राष्ट्रका  एकानब्बे आमन्त्रित पाहुना र उनीहरुका सहयोगी सहितको जम्बो टोलिको सुरक्षा ब्यबस्था अत्यन्त कडा बनाइएको छ |

महानगरीय ट्राफिक प्रहरीले १८ औं सार्क शिखर सम्मेलनको अवसरमा उपत्यकाको ट्राफिक ब्यबस्थापनलाई सहज बनाउन जोर बिजोर प्रणाली लागु गरेको छ , जसअनुरुप आज बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र पर्योग गर्न पाइनेछ | उता आज विहान ७ देखि १० र दिउँसो १ देखि ४ बजेसम्म सार्क बाहेकका उडान अवतरण बन्द रहने, १२ गते विहान ८ देखि दिउँसो २ बजेसम्म सार्क बाहेकका उडान अवतरण बन्द हुने त्रिभुवन विमानस्थलले जनाएको छ ।

Comments