बंगलादेशमा भएको विश्वकप ट्वेन्टी–२० क्रिकेट खेलेपछि टी–२० को मान्यता पाएको नेपालले आजदेखि हङकङसँग ट्वेन्टी–२० श्रृंखला खेल्दैछ ।

श्रीलंकामा रहेको नेपालले हङकङसँग तीनओटा टी–२० खेल्न लागेको हो । दाम्बुलामा हुने खेल नेपाली समयअनुसार आज बुधबार बिहान सवा १० बजे सुरु हुनेछ । यसअघि नेपालले आठ वर्षपछि पहिलोपटक श्रीलंकाका दुई टिमसँग प्रथम श्रेणीका दुई खेल खेलेको थियो । नेपालले कुरुनेगाला इलेभेन सँग पराजय बेहोर्दा कम्बाइन इलेभेन सँग बराबरी खेलेको थियो ।

Comments