यसै त नयाँ वर्षले हरेकको मनमा वेग्लै उत्साह र उमंगको चहलपहल ल्याइदिन्छ ।

त्यसमाथि नयाँ वर्षको अवसरमा हुने विभिन्न कार्यक्रमहरुले त्यो चहलपहललाई अझ बढाइदिन्छ । यसैक्रममा अब हामी सन् २०१४ लाई विदाइ गरेर २०१५ लाई स्वागत गर्ने तयारीमा छौं । नयाँ वर्षको अवसरमा अष्ट्रेलियामा साँगीतिक चहलपहल बढाउँन नेपालको चर्चित रक व्याण्ड माउन्ट ८८४८ आउँने भएको छ । मस्की मस्की अष्ट्रेलिया टुर नाम दिइएको उक्त कार्यक्रम चहलपहल मेलवर्नको आयोजनामा हुन लागेको हो ।

म्यूजिक फर स्माइल भन्ने थिमका साथ हुन लागेको रक व्याण्ड माउन्ट ८८४८ को अष्ट्रेलियाको टुर कुन कुन शहरमा कहिले हुँदैछ भन्नेबारे भने आयोजकले केही खुलाएको छैन ।

Comments