सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको पछिल्लो २४ घण्टाको तथ्यांकमा समुदाय स्तरमा संक्रमण शुन्य देखिएको छ। न्यु साउथ वेल्समा समुदाय स्तरमा शुन्य संक्रमण देखिएको दुई हप्ता पूरा भएको छ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १६ हजार ३ सय २९ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये १० जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका दश जना नै अन्य देशबाट आएर होटल क्वारेन्टिनमा बसिरहेका व्यक्ति हुन्।

Comments