मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या हाल एक मात्र रहेको छ।

भिक्टोरियामा आज पनि नयाँ संक्रमितको संख्या शुन्य छ। भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य रहेको आज लगातार बाइसौं दिन हो।

भिक्टोरियामा शनिबार बिहानसम्म पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ३३ जनामा कोरोना परिक्षण गरिएको थियो।

Comments