एडलेड। अष्ट्रेलियामा नर्थन टेरिटोरीले साउथ अष्ट्रेलियाको लागि बोर्डर खुल्ला गर्ने भएको छ।

साउथ अष्ट्रेलियामा फेरी कोरोना संक्रमित भेटिएकोले अन्य राज्यले बोर्डर बन्द गरिरहेको अवस्थामा नर्थन टेरिटोरीले भने बोर्डर खुल्ला गर्ने भएको हो।

आइतबार बिहान ९ बजेदेखि उता साउथ अष्ट्रेलियाबाट नर्थन टेरिटोरी जानेहरु होटल क्वारेन्टिनमा बस्नुपर्ने छैन।

Comments