मेलबर्न। अष्ट्रेलियाका एक नेताले भिक्टोरियाका प्रिमियर डानियल एन्ड्रयुको मिम सेयर गरेपछि सर्वत्र आलोचना भएको छ। भिक्टोरियामा अटिजमका लागि छायाँ मन्त्री तथा लिबरल पार्टीका एमपी बर्नी फिनले उक्त मिम सेयर गरेका हुन्।

फिनले २०२० यदि व्यक्ति हुन्थ्यो भने कस्तो देखिन्थ्यो होला भन्ने आशय उल्लेख गर्दै प्रिमियर डानियल एन्ड्रयुको सम्पादन गरिएको फोटो ट्विटरमा राखेका थिए।

उनले फोटो राखिसकेपछि सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको कडा आलोचना गरिरहेका छन्। उनीहरुले त्यो कार्य असभ्य मात्र नभई शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको अपमान पनि रहेको विचार व्यक्त गरिरहेका छन्।

सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको राजीनामाको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन् ।

आलोचना पछि फिनले उक्त पोस्ट आफ्नो सामाजिक संजालबाट हटाउँदै माफी मागेका छन्। उनले आफ्नो मनसाय शारीरिक अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानमा चोट पुर्याउनु नभएको समेत उल्लेख गरेका छन्।

Source

Comments