मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या आज पनि शुन्य रहेको छ। भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य रहेको आज लगातार २१ औं दिन हो।

भिक्टोरियामा शुक्रबार बिहानसम्म पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७४ जनामा कोरोना परिक्षण गरिएको थियो।

त्यस्तै, भिक्टोरियामा अहिले सक्रिय संक्रमितको संख्या दुई मात्र रहेको छ।

Comments