काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनरसन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।सम्झौता रकमबारे भने क्लबले खुलाएको छैन।

सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन्।यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए।

यसअघि बीबीएलमा दुई सिजनमा २० खेल खेलेका सन्दीपले कुल २६ विकेट लिएका छन्।

Comments