टिकटक मार्फत चर्चित ‘निकिशा’ श्रेष्ठमाथि सडकमा भएको दुर्व्यवहारबारे आवश्यक छानबिन तथा कारबाही हुने भएको छ। 

प्रहरी प्रधान कार्यालयले बुधबार साइबर ब्युरोलाई श्रेष्ठमाथि भएको दुर्व्यवहारबारे छानबिन र कारबाही गर्न निर्देशन दिएको हो। 

श्रेष्ठलाई सडकमै अपशब्द प्रयोग गरी एक समूहले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा आइरहेको छ।

टिकटकमा @bishesh-१२३ नामको एकाउन्टबाट आएको उक्त भिडियो सार्वजनिक भएको छ। ती व्यक्तिले श्रेष्ठमाथि पटक-पटक जिस्काएको भिडियोमा देखिएको थियो। सम्बन्धित व्यक्तिले सडकमा दुर्व्यवहार गरेको भन्दै नेपाल प्रहरीलाई रिपोर्ट भएपछि प्रहरी प्रधान कार्यालय छानबिनको लागि अग्रसरता देखाएको छ।

पहिले निकेश नाम भएकी निकिशा अहिले आफूलाई केटी भनेर चिनाउन चाहन्छन्। सामाजिक सञ्जालमा उनका विभिन्न भिडिओ चर्चामा छन्। 

Comments