दलहरुबीच केहीदिन देखि रोकिएको राजनीतिक सम्वाद आजबाट सुरु हुने भएको छ ।

आज दलहरु दुईपक्षीय र त्रिपक्षीय छलफलमा जुट्नेभएका छन् । सत्तासिन नेपाली कांग्रेस र नेकपा एमालेको संघियतासहितको साझा प्रस्ताव पेश गरेपछि अवरुद्ध भएको दलहरुबीचको वार्ता आजबाट पुनः शुरु गर्ने तयारी छ । आज सम्वाद समितिको बैठकअघि नेपाली कांग्रेस र एमाओवादीबीच प्रधानमन्त्री निवास बालुवाटार र नेकपा एमाले र एमाओवादीबीच राज्यव्यवस्था समितिको बैठक कक्ष सिंहदरबारमा द्विपक्षीय वार्ता हुँदैछ । छुट्टा–छुट्टै वार्ता पछि साँझ तीन दलको बैठक बस्ने तयारी भइरहेको छ ।

सम्वाद समितिका सभापति बाबुराम भट्टराईले आफ्नो पहलमा वार्ता हुन लागेको जानकारी दिनुभयो ।

Comments