मेलबर्न। अष्ट्रेलियामा आज नेपलिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को तिहार विशेष कार्यक्रम हुँदैछ। भिक्टोरिया वासी नेपालीहरुको साझा संस्था न्याभले नेपाली संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो।

‘हाम्रो संस्कार र संकृतिको जगेर्ना गरौँ, नयाँ पुस्तामा हस्तान्तरण गरौँ भन्ने मूल नाराका साथ आज आइतबार साँझ ठीक ५ बजे कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा देउसी भैलो संगै विभिन्न सांस्कृतिक प्रस्तुतिहरु रहनेछन्।

आयोजक संस्था न्याभले यो तिहार विशेष कार्यक्रम आफ्नो फेसबुक पेज (Nepalese Association of Victoria) बाट प्रत्यक्ष प्रसारण हुने जनाएको छ। यो कार्यक्रमको लागि बहुसंस्कृति मन्त्री तथा प्रिमियरको कार्यालयले अनुदान सहयोग गरेको न्याभले उल्लेख गरेको छ।

Comments