भारतीय सेनाले व्यक्ति हत्याको अभियोगमा आफ्ना ७ जना सैनिकलाई आजीवन काराबासको सजाय सुनाएको छ ।

सजाय सुनाइएकाहरुमा दुईजना अधिकृत पनि छन् । चार वर्षअघि पैसा र जागिर लगाइदिने प्रलोभनमा कश्मिरका तीन युवालाई ती सैनिकहरुले पाकिस्तानसँगको सीमामा लगेर गोली हानी हत्या गरेका थिए । हत्यालगत्तै उनीहरु पाकिस्तानी घुसपैठ भएको सेनाको दाबी थियो । तर, स्थानीय बासिन्दाहरुले सेनाले झुटो मुठभेडको नाममा निर्दोष गाउँलेको हत्या गरेको भन्दै विरोध प्रदर्शन गरेका थिए । विरोध हिंसात्मक बनेपछि भने भारतीय सेनाले तत्कालै छानबिन अगाडि बढाएको थियो ।

Comments