आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग ढाकामा रहेकाे बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

नेपालले अर्को खेल आउँदो मङ्सिर २ गते खेल्नेछ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना सङ्क्रमण देखिएकाले उनलाई अस्पतालको आईसीयूमा राखिएको छ । उनको अवस्था सामान्य नै भए पनि यो खेल भने गुमाउने भएका छन् । यस्तै अट्याकिङ मिडफिल्डर रोहित चन्द पनि चोटका कारण नेपालमै रोकिएका छन्।

नेपालले बंगलादेशसँग खेल्दा २०२१ मा हुने फिफा विश्वकप छनोट र फिफा वरीयतालाई ध्यानमा राखेर खेल्ने खेलाडीले बताएका छन् । नेपाल र बंगलादेश बीच अहिलेसम्म कुल १९ पटक प्रतिस्पर्धा भएको छ जसमा बंगलादेश १२ पटक विजयी भएको थियो भने नेपालले मात्र ६ खेल जितेको छ । १ खेल बराबरीमा सकिएको थियो ।

सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको थियो ।

Comments