काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकसहित हुने भएको छ । बंगलादेश फुटबल फेडेरेशन (बिएफएफ)ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

नेपाल र बंगलादेशबीच कात्तिक २८ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेल हुँदैछ । बिएफएफले दुवै खेलमा दर्शकलाई प्रवेश गर्न दिने निर्णय गरेको हो ।

विश्वभर फैलिरहेको कोरोना भाइरस महामारीका कारण अधिकांश देशमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको छ ।

तर, बिएफएफले फिफा र एसियाली फुटलब महासंघ (एएफसी) को नियममा रहेर मैदानमा दर्शक प्रवेश गराउने जनाएको छ ।

Comments