काठमाडौं। नयाँ प्रदर्शित बलिवुड चलचित्र ‘लक्ष्मी’बाट दर्शक निराश भएका छन्। ‘लक्ष्मी’ ९ नोभेम्बरमा ओटिट प्लेटफर्ममा रिलिज भएको हो।

अक्षय कुमारको अभिनय रहेको यो चलचित्र ‘हावादारी’ रहेको दर्शकहरुले टिप्पणी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। पहिलो दिन नै रेकर्ड तोड भ्यूअर पाएतापनि यस चलचित्र दर्शकहरुबाट नै थुप्रै आलोचना खेपिरहेको छ।

हरर र कमेडी साथमा रहेको चलचित्र हेर्दा कहीं पनि हास्नु पर्ने या डराउनु पर्ने कुरा नदेखिएको दर्शकले बताएका छन्। त्यस्तै, यो चलचित्र अवैज्ञानिक र तर्कभन्दा बाहिर माथि उडेको दर्शकको आरोप छ।

लक्ष्मी फिल्म दक्षिण भारतीय फिल्म कंचनाको हिन्दी रिमेक हो । कंचनाको डब्ड भर्सन दर्शकले थुप्रै पटक हेरे । उनीहरुले लक्ष्मी फिल्म कंचनाभन्दा पनि राम्रो होला भन्ने सोचे । तर लक्ष्मी फिल्म कंचना जत्तिको पनि हुन सकेन ।

Comments