चलचित्र ‘ए मेरो हजुर ३’ युट्युब ट्रेण्डिङ्गको पहिलो स्थानमा

काठमाडौं। नेपाली चलचित्र ‘ए मेरो हजुर ३’ युट्युब ट्रेण्डिङ्गको पहिलो स्थानमा पुगेको छ। गत ४ नोभेम्बरमा बुढा सुब्बा म्युजिक डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको चलचित्र छोटो समयमै ट्रेण्डिङ्गको पहिलो स्थानमा पुग्न सफल भएको हो।

अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको मूख्य भूमिका रहेको ए मेरो हजुर ३ लाई अहिलेसम्म युट्युबमा ५८ लाख भन्दा बढीले हेरिसकेका छन्। चलचित्रको निर्देशक झरना थापा हुन् भने चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्।

Comments