मेलबर्न। अष्ट्रेलियाले स्किल्ड इन्डिपेनडेन्ट भिसा ( सबक्लास १८९) को लागि जारि गर्ने इन्भिटेसनको संख्या गत महिना अर्थात २०२० अक्टोबरमा सबैभन्दा कम रहेको छ।

सरकारले अक्टोबर महिनाको लागि उक्त भिसाको ३० वटा मात्र इन्भिटेसन जारी गर्यो।

कोरोना महामारीका कारण अष्ट्रेलियाले यो वर्ष भिसा इन्भिटेसनको कोटालाई कम गरेको छ र त्यसमा पनि कोरोना महामारी नियन्त्रणमा सघाउ पुग्ने पेशालाई प्राथमिकता दिइएको छ।

सम्बन्धित क्षेत्रका व्यवसायी तथा विज्ञहरुले इन्भिटेसनमा उल्लेख्य कमी आउने अपेक्षा गरिएको भएतापनि यतिसम्म कम संख्या भने आश्चर्यजनक रहेको बताएका छन्। उनीहरुले अबका महिना पनि इन्भिटेसन संख्यामा उल्लेख्य कमी रहने अनुमान गरिएको बताएका छन्।

स्किल्ड इन्डिपेनडेन्ट भिसा ( सबक्लास १८९) को लागि अष्ट्रेलियाले सेप्टेम्बर महिनामा ३ सय ५० इन्भिटेसन जारि गरेको थियो।

Source : SBS News

Comments