मेलबर्न। अष्ट्रेलियाकी एक महिलाले आफ्नो रुपलाई पलास्टिक सर्जरी मार्फत परिवर्तन गर्न दुई लाख डलर खर्च गरेकी छिन्।

मेलबर्नकी वासिन्दा Tara Jayne ले आफूलाई बार्बी डल बताउने गरेकी छिन्। उनले ६ पटक नाकको, पाँच पटक स्तनको लगायत थुप्रै पटक आफ्ना शरीरका अंगहरुको सर्जरी गराएकी छिन्।

पेशाले Tara Jayne कस्मेटिक नर्स हुन्। उनका फोटाहरु इन्स्टाग्राम मार्फत भाइरल हुने गरेका छन्।

धेरैले उनका फोटाहरुलाई लिएर मजाक बनाउने गरेका छन्। उनले भने मजाक बनाउनेहरुका कारण आफू झन् प्रख्यात भइरहेको र आफ्नो रुपमाथि गर्व गर्ने बताउँछिन्।

Comments