सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरसका चार जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १३ हजार जनामा कोरोना परिक्षण गरिएको थियो। जसमा चार जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका चार संक्रमित मध्ये एक जनालाई समुदाय स्तरबाट संक्रमण सरेको बताइएको छ। यो नयाँ केस संक्रमण सरिरहेको Hoxton Park संग सम्बन्धित रहेको उल्लेख गरिएको छ।

त्यस्तै, नयाँ संक्रमित मध्ये अन्य तीन जना होटल क्वारेन्टिन रहेका व्यक्ति हुन्।

Comments