मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा बहुराष्ट्रिय ई-कमर्स कम्पनी अमेजनले आफ्नो सेवा थप विस्तार गर्नेभएको छ। अमेजनले मेलबर्नमा आफ्नो दोस्रो डिस्ट्रिब्युसन सेन्टर खोल्न लागेको हो।

उक्त डिस्ट्रिब्युसन सेन्टरको लागि Ravenhall मा गोदाम निर्माणको काम सुरु भइसकेको छ। उक्त ठाउँमा ६ मिलियन वटासम्म सामान अट्न सक्ने बताइएको छ।

यो वर्ष अमेजनको उक्त डिस्ट्रिब्युसन सेन्टर निर्माण कार्यमा २ सय जनाको लागि रोजगारी सिर्जना हुने जनाइएको छ। त्यस्तै, अर्को वर्ष उक्त डिस्ट्रिब्युसन सेन्टर संचालनमा आएपछि ३ सय जनाको लागि नयाँ रोजगारी सिर्जना हुने अमेजनले बताएको छ।

Comments