मेलबर्न। कोरोना महामारी नियन्त्रणको लागि अष्ट्रेलियाका राज्यहरुले आन्तरिक बोर्डर पनि बन्द गरेका छन्। लामोसमयसम्म बन्द रहेका यी बोर्डर केही राज्यले कोरोना महामारी नियन्त्रणमा आएका राज्यहरुका लागि खुल्ला गरिरहेका छन्।

भिक्टोरिया र न्यु साउथ वेल्स राज्यहरुमा पनि पछिल्ला दिनमा कोरोना संक्रमण नियन्त्रणमा देखिएको छ। तर क्विन्सल्याण्ड राज्यले भने न्यु साउथ वेल्स र भिक्टोरियाको लागि अझै बोर्डर बन्द रहने घोषणा गरेको छ।

क्विन्सल्याण्ड राज्य सरकारले न्यु साउथ वेल्सको ग्रेटर सिड्नी र भिक्टोरियाका सबै वासिन्दाका लागि अझै पनि बोर्डर बन्द रहने बताएको हो।

न्यु साउथ वेल्सको ग्रेटर सिड्नीमा बसोवास गर्ने बाहेक अन्य व्यक्ति भने नोभेम्बर ३ देखि क्विन्सल्याण्ड जान पाउनेछन्। तर ती व्यक्ति पछिल्लो १४ दिनसम्म ग्रेटर सिड्नी नगएको हुनुपर्नेछ।

Comments