काठमाडौं। नेपाल स्थित अष्ट्रेलियन भिसा आवेदन केन्द्रले सेवा पुन: सुचारु गरेको छ। केन्द्रले अक्टोबर २८ देखि कार्यालयका केही सेवा सुचारु गरिएको आफ्नो अफिसियल वेबसाइट मार्फत जानकारी दिएको हो।

भिसा आवेदन केन्द्रले अपोइण्टमेन्ट मार्फत बायोमेट्रिक संकलन गरिने र इमेल मार्फत या सिधै अफिसमा आएर दिइएको बायोमेट्रिक संकलन नगरिने बताएको छ।

भिसा र सिटिजनसिपको लागि भने अनलाइन मार्फत आवेदन दिन सकिने वेबसाइटमा उल्लेख छ। कुनै कुरामा अलमल भएमा या सहयोग चाहिएमा अतिरिक्त शुल्क तिरेर सेवा लिन सकिनेछ।

कार्यालय सोमबार देखि शुक्रबारसम्म बिहान ८ बजे देखि दिउँसो ३ बजेसम्म खुल्ला रहने जनाइएको छ।

विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् >> https://www.vfsglobal.com/australia/nepal/

Comments