मेलबर्न। कोरोना महामारीको समयमा पोषण स्वास्थ्य सम्बन्धी जनचेतनामूलक अनलाइन कार्यक्रम हुनेभएको छ। अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गरिरहेका नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन भिक्टोरिया (न्याभ)को आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।

स्वस्थ र स्वच्छ खाना कसरी पोषणको मात्रा मिलाएर खाने ? कुन-कुन खानेकुराले शरीरको रोगप्रतिरोधात्मक शक्ति बढाउन सक्छन् ? स्थानिय स्तरमा पाइने अथवा आफूसंग सहज उपलब्ध हुने खानेकुराहरुलाई कसरी खाँदा शरीरलाई सबै किसिमको पोषण तत्व प्राप्त हुन सक्छ ? जस्ता कुराहरुको बारेमा कोरोना महामारीको समयमा जनचेतना फैलाउनु अझ बढी आवश्यक देखिएको छ।

यही आवश्यकतालाई ध्यानमा राख्दै कार्यक्रममा विज्ञहरुले आफ्ना प्रस्तुतिहरु दिनेछन्। यो कार्यक्रमले सहभागीहरुमा स्वस्थ खानपिन तथा जीवनशैलीको बारेमा सजग बनाउँदै उनीहरुको रोगप्रतिरोधात्मक शक्ति बढाउन मद्दत पुग्नेछ भन्ने विश्वास राखिएको आयोजक संस्था न्याभले जनाएको छ।

आगामी ३१ अक्टोबर शनिबार दिउँसो ४ बजे हुने उक्त अनलाइन कार्यक्रममा सहभागिताको लागि :

https://us02web.zoom.us/j/87904174331?pwd=ZnQyREZJNFVrK3k4LzMyemNpWGpFZz09 

Meeting ID: 879 0417 4331

Passcode: 545010

Comments