मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा सुदूरपश्चिम नेपाली समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

हाल भिक्टोरियामा बसोवास गरिरहेका नेपाली सुदूरपश्चिमेलीहरुको संस्था सुदूरपश्चिम नेपाली समाज भिक्टोरीया (Far Western Nepalese Society of Victoria)ले बडादशैं तथा दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो। भिक्टोरियावासी सुदूर पश्चिमेलीहरुलाई एकताबद्ध गरि अगाडी बढिरहेको संस्थाले यसपाली कोरोना महामारीका कारण भर्चुअल रुपमा कार्यक्रम सम्पन्न गरेको हो।

लामो समयको लकडाउन र सोसियल आइसोलेसनले गर्दा एकअर्कासँग भेटघाट नभएको परिस्थितीमा टाढा भएर पनि संगै भएको आभाष गराउने हेतुले सो कार्यक्रम आयोजना गरिएको आयोजक सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाका अध्यक्ष महादेव धानुकले जानकारी गराउनु भयो ।

आयोजक संस्थाले वर्षेनी गर्दै आएको दशैं विशेष संस्कृतिक कार्यक्रमलाई यसपटक भर्चुअल माध्यमबाट नै भएतापनि निरन्तरता दियो। २३ अक्टुबर शुक्रवार सम्पन्न कार्यक्रममा सिजन २ का नेपाल आइडल रबी ओड, तथा सुदूरपश्चिमका चर्चित कलाकारहरू चक्र बम, अराज केशव, अनिता चलाउने र टंक तिमिल्सिनाले आफ्ना लोकप्रिय प्रस्तुतिहरूद्वारा कार्यक्रममा मनोरन्जन प्रदान गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिहरू अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल; भिक्टोरियाका लागि नेपालका अबैतनिक महावाणिज्यदूत श्री चन्द्र योन्जन, भिक्टोरियाको माथिल्लो सदनमा प्रतिनिधित्व गर्ने Clarinda district का सांसद Mr Meng Heang Tak तथा Federation of Nepalese Community Associations of Australia (FeNCAA) का अध्यक्ष डा. राजु अधिकारी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष श्री केशव कँडेल, Nepalese Association of Victoria का अध्यक्ष श्री राम गुरूङ, सुदूरपश्चिम नेपाली समाज केन्द्रीय समन्वय समितीका अध्यक्ष श्री धन बहादुर बलायर, डा. गंगा राम चौधरी लगायत सबै समुदायका नेताहरु र शुभचिन्तकहरुले शुभकामना संदेशहरू आदानप्रदान गर्नुभएको थियो ।

कार्यक्रमको संचालन संस्थाका सचिव डा. एकिन्द्र तिमिल्सेना र लक्ष्मण संज्यालले गर्नु भएको थियो भने उपस्थित अतिथिहरू र सहभागीहरूलाई अध्यक्ष धानुकले स्वागत गर्नु भएको थियो । कार्यक्रममा सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाका उपाध्यक्ष द्वय प्रेमराज उप्रेती र नरेश रावलले अथितिहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । सो कार्यक्रम लाई zoom र Facebook लाईभ मार्फत संसार भरी बाट धेरै जनाले प्रत्यक्ष हेर्नु भएको थियो ।

यस वर्ष एक स्थानमा जम्मा भएर चाड पर्व मनाउन नमिल्ने अवस्थालाई मध्येनज़र गर्दै भिक्टोरियन मल्टिकल्चरल कमिसनबाट यस्तो डिजिटल कार्यक्रम आयोजना गरी चाडपर्व मनाउने प्रयोजनका लागि सहयोग प्राप्त भएको थियो ।

Comments