मेलबर्न। अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरु महान चाड दशैंको अवसरमा घर देखि टाढा हुँदा स्वाभाविक रुपमा उदास हुन्छन्। यस वर्ष कोरोना महामारीले गर्दा उनीहरु झन् तनावमा धकेलिएका छन्।

यस्तो अवस्थामा घले दम्पत्तिले विद्यार्थीहरुको मुहारमा खुशी ल्याउने प्रयास गरेका छन्। अष्ट्रेलियामा सफल व्यवसायीका रुपमा स्थापित नेपाली मुलका शेष घले र जमुना गुरुङले दशैंको दिनमा टीका, जमाराको साथमा दशैं विशेष परिकार प्रदान गर्ने भएका हुन्। यो प्रयास आफ्नो तर्फबाट विद्यार्थीहरुका लागि दशैंको आशिर्वाद रहेको भन्दै उनीहरुले दशैं विशेष परिकारको लागि १० हजार डलर प्रदान गरेका हुन्।

अष्ट्रेलियामा विशेष नेपाली परिकारको प्रबर्द्धन गर्दै आएका म:म किङ्गडम र नेपाली डाइनिङ्ग रुमले यस्तो अवधारणा अगाडी ल्याएका थिए। यो अभियानका आयोजक म:म किङ्गडम र नेपाली डाइनिङ्ग रुमले कोरोना महामारीको चपेटामा परेका नेपाली विद्यार्थीमाझ दशैं विशेष परिकार
पुर्याउनको लागि सहयोग गर्न अष्ट्रेलियामा रहेका नेपाली समुदायका व्यवसायी, सामाजिक अगुवा र स्थापित व्यक्तिहरुलाई आग्रह गरेका थिए।

जस अनुरुप शेष घले दम्पत्ति दशैंमा विद्यार्थीलाई खुशी दिन अगाडी बढेका हुन्। यस्तै, उक्त अभियानमा विपाशना लामा, शान्ति लामा, मनिषा पौड्याल, निशा शर्मा, सुनिला गोर्खाली, शुभेक्षा शर्मा,नीला दालीले पनि सहयोग गरेका छन्।

यस अभियान अन्तर्गत विद्यार्थीले दशैँको दिनलाई परिकारको लागि सम्पर्क गर्न >> https://forms.gle/ynAyoeyfjumtDsWAA

Comments