मेलबर्न। अष्ट्रेलियाको सिड्नीमा नेपालीद्वारा संचालित एड्भान्स कलेजले ‘बेष्ट लोकल विजनेस’ एवार्ड जितेको छ। ईनर वेष्ट लोकल विजनेस एवार्डमा शिक्षा सेवा प्रदान गर्ने संस्थाहरु मध्ये एडभान्स कलेजले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो।

उक्त अवार्डका लागि शिक्षा सेवा प्रदान गर्ने ६२ संस्थाहरु संलग्न भएका थिए। निर्णायक मण्डलले ती ६२ संस्थाहरु मध्ये एडभान्स कलेजलाई उत्कृष्ट ठहर गरेको थियो। अवार्ड अक्टोबर ७ तारिखमा घोषणा गरिएको थियो भने बिहिबार एक विशेष कार्यक्रमका बीच अवार्ड प्रदान गरिएको थियो।

न्यू साउथ वेल्सका सरकारी अधिकारीहरु, स्थानीय काउन्सिल, आयोजक तथा विभिन्न विधामा अन्तिम चरणमा पुगेका प्रतिस्पर्धीको उपस्थितिमाझ उत्कृष्ट अवार्डबाट सम्मानित हुन पाउँदा अत्यन्तै खुशी लागेको कलेजकी प्रमुख कार्यकारी अधिकृत पुष्पा अर्याल घिमिरेले बताउनुभयो। उहाँले यस अवार्डले सम्पूर्ण टिमलाई अझ राम्रो काम गर्दै अगाडी बढ्ने हौसला मिलेको समेत उल्लेख गर्नुभयो।

एज्ड केयर, चाईल्ड केयरको शिक्षा प्रदान गर्दै आएको एडभान्स कलेज यसअघि सन् २०१८ र १९ मा पनि एड्भान्स कलेज फाईनलमा पुग्न सफल भएको थियो ।

Comments