मेलबर्न। अष्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले नेपाली समुदायलाई बडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

शुभकामना संदेशमा उनले नेपाली समुदायको कला र संस्कृतिले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई अझ सुन्दर बनाएको उल्लेख गरेका छन्।

उनले कोरोना महामारीको समयमा सरकारले जारी गरेका नियमको पालना गर्दै संयमता अपनाएर आफ्नो सबैभन्दा ठूलो चाड मनाउन लागेकोमा नेपाली समुदायलाई धन्यवाद दिएका छन्।

यसका साथै उनले आफूलाई र सरकारका कार्यहरुमा सघाउ पुर्याउने नेपाली समुदायका संस्था तथा अगुवाहरु प्रति कृतज्ञता समेत प्रकट गरेका छन्।

Comments