काठमाडौं। सर्वाधिक लोकप्रीय ‘के माया लाग्छ’ र ? ‘तीनपाते ‘(देखेर तिमीलाई) गीतको सफलता पछि आर्ट्माण्डुले ‘याक्थुङ्मा कान्छी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ। म्युजिक भिडियो विजया दशमीको अवसर पारे कार्तिक ५ गते सार्वजनिक भएको हो।

‘याक्थुङ्मा कान्छी’ अर्थात ‘लिम्बु कान्छी’, गीतले नेपालको जातीय तथा सांस्कृतिक अन्तरघुलनको कथा बोलेको छ। यो एउटा लिम्बु युवती र ब्राह्मण युवकको रमाइलो प्रेम संवाद हो।

एकातर्फ ब्राह्मण युवाले लगातार आफ्नो प्रेम झल्काउने गरि लिम्बु युवतीको चिम्सो आँखाको बल्छीमा परि लिम्बु संस्कृतिलाई पुर्ण रुपमा आत्मसात गरेको प्रसङ्ग छ भने अर्को तर्फ लिम्बु युवतीले प्रेम–भावानामै अनेक तर्क गर्दै ब्राह्मण युवासंग जिस्किरहेको प्रसङ्ग गीतमा पाउन सकिन्छ।

नेपाली समाजको जातीय तथा सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्ने गीतको रचना गरिएको रचनाकार नविन चौहानले बताएका छन्। आर्टमाण्डुका अघिल्ला प्रस्तुतीहरुमा भिडियो निर्देशकका रुपमा उदाएका चौहानको यो पहिलो रचना हो। 

Comments