पर्थ। अष्ट्रेलियामा आफूमाथि यौन दुर्व्यवहार भएको व्यक्ति धरौटीमा रिहा भएपछि एक बालिकाले आत्महत्या गरेकी छिन्। ११ वर्षिया ती बालिकाको पर्थ चिल्ड्रेन हस्पिटलमा मंगलबार निधन भएको हो।

एक वृद्ध व्यक्तिले उनीमाथि यौन दुर्व्यवहार गरेको थियो। उक्त व्यक्तिलाई प्रहरीले पक्राऊ पनि गरेको थियो। तर, केही हप्तापछि धरौटीमा रिहा भएको समाचार सुनेपछि ती बालिका विक्षिप्त बनेको परिवारले जनाएको छ। जसले गर्दा उनी आत्महत्याको मनस्थिति सम्म पुगीन्।

अस्पतालमा ती बालिकाको परिवारसंगै अन्य सयौं मान्छेहरु र त्यहाँका बालबालिका समेत रोइरहेका देखिन्थे।

आरोपित व्यक्तिलाई अदालतले यो वर्षको अन्त्यतिर अदालतमा उपस्थित हुने आदेश दिएको थियो।

Source : 7News

Comments