एडलेड। अष्ट्रेलियामा स्थापित रियलस्टेट कम्पनी मल्टी डायनामिक शाखाले आफ्नो सेवा एडलेडमा पनि विस्तार गरेको छ। मल्टी डायनामिकले बडा दशैंको शुभ अवसर पारेर अक्टोबर २१ मा एडलेड शाखाको उद्घाटन गरेको हो।

एडलेडकाे नर्थ फिल्डमा सुरु गरिएको शाखाको उद्घाटनको लागि विशेष कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित साउथ अष्ट्रेलियाका पूर्व सभामुख रसेल वाट्लेले कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा अतिथिका रुपमा पाल्नुभएका साउथ अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदुत दिपक धमलाले मल्टी डायनामिक टिमलाई शुभकामना व्यक्त गर्दै नेपाली समुदायको लागि यो खुशीको कुरा रहेको बताउनुभएको थियो।

कार्यक्रममा एडलेडका व्यवसायी तथा सामाजिक अगुवाहरु तथा कम्पनीका मुख्य कार्यालयका निर्देशकहरु विजय पौडेल, विष्णुप्रभात सापकोटा, मेघराज पौडेल लगायतको उपस्थिति रहेकाे थियाे ।

अष्ट्रेलियाका मुख्य शहरहरुमा सेवा विस्तार गर्दै आइरहेको मल्टी डायनामिकले आफ्ना ग्राहकहरुलाई घर खरिद बिक्री तथा घर भाडामा लिने दिने काममा सहयाेग गर्दै आइरहेको छ। कम्पनीका साउथ अष्ट्रेलिया क्षेत्रिय कार्यालयका डाईरेक्टर सुजन अधिकारीले एडलेडको यस शाखाबाट एडलेडमा रहने नेपाली लगायत सबै समुदायका व्यक्तिहरुलाई सेवा पुर्याउने उद्देश्य लिएकाे बताउनुभयो।

Comments