सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरस महामारी नियन्त्रणको लागि लगाइएको नियममा अब धार्मिक कार्य र जिमको लागि नियम खुकुलो हुनेभएको छ। राज्य सरकारले अक्टोबर २३ देखि लागु हुनेगरि नियम खुकुलो गर्ने भएको हो।

नयाँ नियम अनुसार, धार्मिक कार्यक्रमको लागि तीन सय जनासम्म भेला हुन सक्नेछन्। यो अनुमति वैवाहिक समारोह र मृत्यु संस्कारको लागि भने दिइने छैन। त्यस्तै, जिमको लागि २० जनासम्म रहन पाइनेछ।

यसरी जम्मा हुँदा सहभागी सबैले स्वास्थ्य सजगता अनिवार्य रुपमा अपनाउनु पर्नेछ। धार्मिक कार्यक्रम सहभागी हुने सबैले आफ्नो नाम र सम्पर्क नम्बर अनिवार्य रुपमा टिपोट गराउनु पर्नेछ।

सरकारले समुदाय स्तरमा संक्रमण हट्दै गएका कारण नियम खुकुलो बनाइएको उल्लेख गर्दै कसैले पनि स्वास्थ्य सम्बन्धि लापरबाही नगर्न आग्रह गरेको छ।

Comments