काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार कार्तिक ५ ( अक्टोबर २१ ) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ०४ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८२ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Comments