सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरसका १० जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या बुधबार बिहानसम्म पछिल्लो २४ घण्टाको हो।

नयाँ संक्रमित मध्ये ८ जना होटल क्वारेन्टिनमा रहेका व्यक्ति हुन् भने दुइ जनालाई समुदाय स्तरबाट संक्रमण सरेको बताइएको छ।

ती दुई जना चाइल्ड केयरबाट संक्रमण भएकाहरुसंग नजिकको सम्पर्कमा आएका व्यक्ति हुन्।

Comments