काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३  संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। 

त्यस्तै यस अवधिमा २ हजार १०८ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ। 

थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ। 

Comments