सिड्नी। अष्ट्रेलियाको सिड्नीमा एक महिलामाथि छुरा प्रहार भएको छ। सिड्नी साउथमा आफ्नै घरको ड्राइभवेमा उनीमाथि छुरा प्रहार भएको हो।

छिमेकीहरुले महिलालाई बचाउने प्रयास गर्दा गर्दै उनको ज्यान गएको बताएका छन् ।

३९ वर्षिया Lynda Greenwood र उनका पूर्व प्रेमी बीच विगत दुई वर्षदेखि प्रेमसम्बन्ध रहेको थियो। तर सम्बन्ध बिग्रन थालेपछि हत्यासम्म पुगेको हुनसक्ने बताइएको छ। २०१९ मा उनीहरुको सम्बन्धमा घरेलु हिंसा सम्बन्धि पुलिसमा रिपोर्ट भएको देखिन्छ।

छुरा प्रहार गरेका ती ३९ वर्षीय पूर्व प्रेमीलाई प्रहरीले पक्राऊ गरिसकेको छ।

Comments