मेलबर्न। अष्ट्रेलियाको मेलबर्नको सडकमा महिलाहरुमाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राऊ परेका छन्। हिंडीरहेका दुई युवती र एक किशोरीलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

भिक्टोरिया प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति ४० वर्ष उमेरको रहेको बताएको छ। प्रहरीले मेलबर्न सिटीस्थित एक अपर्टमेन्टबाट पक्राऊ परेका ती व्यक्तिलाई अदालतमा उपस्थित गराइने जनाएको छ।

ती व्यक्तिले गत अक्टोबर १५ तारिखका दिन एक १६ वर्षीय किशोरीलाई र २० वर्षीय दुई युवतीलाई पछाडिबाट गोप्य अंगमा समाउने, अश्लिल कुराकानी गर्न खोज्ने गरेका थिए।

Comments