मेलबर्न। अष्ट्रेलियामा गत वर्ष अर्थात २०१९-२० मा स्थायी भिसा (पीआर) कोटा १ लाख ४० हजार ३ सय ६६ मध्ये दक्ष पेशा अन्तर्गत ९५ हजार ८ सय ४३ जनाले पीआर भिसा पाएका छन्।

२०१९-२० मा दक्ष पेशाहरु अन्तर्गत पीआर पाउनेमा प्रोफेसनल ५९.६ प्रतिशत, टेक्निसियन तथा ट्रेड वर्कर १७ प्रतिशत र म्यानेजर ९ प्रतिशत रहेका छन्। प्रोफेसनल भित्र हेल्थ प्रोफेसनल, आइसीटि प्रोफेसनल, एजुकेशन प्रोफेसनल, आर्ट तथा मिडिया प्रोफेसनल रहेका छन्। टेक्निसियन तथा ट्रेड वर्कर भित्र इञ्जिनियरिङ्ग तथा आइटि, कन्स्ट्रक्सन ट्रेड वर्कर आदि छन्। त्यस्तै, म्यानेजभित्र सेफ एक्जेक्युटिभ, हस्पिटालिटी तथा रिटेल म्यानेजर आदि रहेका छन्।

Skilled Independent अन्तर्गत १२ हजार ९ सय ८६ जनाले पीआर भिसा पाएका छन्। जसमध्ये पनि सफ्टवेयर इन्जिनियर, अकाउण्टेण्ट, डेभलपर प्रोग्रामर, कम्प्युटर नेटवर्क तथा सिस्टम इन्जिनियर तथा मेकानिकल इन्जिनियर धेरै रहेका छन्।

त्यस्तै, रिजनल अन्तर्गत सबैभन्दा धेरै पीआर भिसा पाएका पेशाहरु अकाउण्टेण्ट, रजिस्टर्ड नर्स, कुक, क्याफे तथा रेष्टुरेन्ट म्यानेजर, सेफ, सफ्टवेयर तथा एप्लिकेसन प्रोग्रामर्स, रिटेल म्यानेजर, सिभिल इन्जिनियर, मोटर मेकानिक्स र इण्डस्ट्रियल, मेकानिकल तथा प्रोडक्सन इन्जिनियर रहेका छन् ।

विस्तृत जानकारीको लागि : SBS News

Comments