सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा फेरी पनि समुदाय स्तरमा संक्रमण देखिएको छ।

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा ५ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये तीन जना होटल क्वारेन्टिनमा रहेका व्यक्ति हुन् भने दुई जनालाई समुदाय स्तरबाट संक्रमण सरेको बताइएको छ।

समुदाय स्तरबाट संक्रमण सरेकामध्ये एक जना प्राइभेट क्लिनिकसंग सम्बन्धित र अर्का चाइल्डकेयर सेन्टरसंग सम्बन्धित रहेका छन्।

Comments