इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्यले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले पराजित गरेको छ । 

अबुधाबीमा सोमबार रातिको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै चेन्नईले १ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले । 

कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ र रोबिन उथप्पाले ४ रन बनाए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।

चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए । अम्बाती रायाडु १३ रनमा आउट हुँदा फाप डु प्लेसिसले १० रन जोडे ।

जितसँगै राजस्थानले प्ले अफमा पुग्न सम्भावना जीवितै राखेको छ ।राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौं स्थानमा समेत उक्लिएको छ ।

१० खेलमा ६ अंक जोडेको चेन्नई तालिकाको पुछारमा रहेको छ ।

Comments