बलिउड नायक रणवीर र नायिका कट्रिना बीचको सम्बन्धको चर्चा बढ्दै जाँदा पछिल्लो पटक उनीहरुको निम्ति एक घर तयार पारिएको खबर भारतीय संचार माध्यमहरुले जनाएका छन् |  बलिउड नगरी मुम्बई स्थित कार्टर रोडमा अवस्थित एक अपार्टमेन्ट यो जोडीका निम्ति तयार हुँदै गरेको बताइएको छ |

स्टाइलिस अपार्टमेन्टमा दुइ सुन्दर टेरेस भएको उक्त घर मुम्बई नगरीमा नै सबै भन्दा अलग रहेको बताइएको छ | रणवीर र कट्रिनाका संयुक्त तस्विरहरु सार्वजनिक भए यता संचार माध्यमबाट  टाढा नै बसेको यो जोडीले भनिन्छ आफु बस्ने अपार्टमेन्ट खोज्न आफै दौडधुप गरेका थिए | सोचेजस्तो अपार्टमेन्ट फेला पारे पछि इन्टेरियर डिजाइन र अन्य सिंगारपटारका लागि जिम्मा दिइसकिएको बताइन्छ | जसलाई सघाएका छन् मुम्बईका चर्चित आर्किटेक्ट आशिष शाहले |

रणवीर र कट्रिनाले यो नयाँ घरमा पाइला राख्ने दिन भब्य हाउस वार्मिंग पार्टी आयोजना गर्ने तयारीमा रहेको बुझिएको छ | त्यस दिन नयाँ अपार्टमेन्टमा   बलिउड स्टारहरुको भब्य  उपस्थती गराउन दुवै  आआफ्नो तर्फबाट कम्मर कसेर जुटेको बलिउड गसिप सार्वजनिक भएका छन् | यद्यपि रणवीर र कट्रिना आफैले यो तयारीको भित्रि रहस्य खोलेका छैनन् |

Comments