• संजय सेन्चुरी ( विद्यार्थी / म्युजिक भिडियो निर्देशक )

नेपालमा घरपरिवारसंग दशैंको उमङ्ग छुट्टै हुन्थ्यो। यहाँ चाहिं साथीहरुसंग अलि अलि रमाइलो गरिन्छ। अहिले कोभिडका कारण पहिलेका वर्षहरुमा जस्तो रमाइलो हुन्न होला।

तर दशैं भनेको जस्तोसुकै परिस्थितिमा पनि उमङ्गको चाड हो। त्यसैले हामीले अहिले दशैंको नयाँ भिडियो पनि सार्वजनिक गरेका छौं। नेपअस क्रियुका सायद श्रेष्ठको कथा तथा कोरियोग्राफी र मेरो निर्देशन तथा सम्पादनमा ‘दशैं आयो’ कभर भिडियो ल्याएका छौं। बाबा फिल्म्स युट्युब च्यानलमा यो भिडियो हेरेर सबैले रमाइलो गर्न र हामीलाई प्रतिक्रिया दिन सक्नुहुन्छ।

टीकाको दिन चाहिं यसपाली मेरो छुट्टी परेको छैन। कामबाट फर्किएपछि टीका लगाउनुपर्ला भन्ने सोंचेको छु। जस्तो अवस्थामा भएपनि हाँसीखुशी मनाऔं। आफूले जसरी सकिन्छ त्यसरी मनाऔं। अन्त्यमा, सम्पूर्णमा बडा दशैंको हार्दिक शुभकामना।

Comments