आजको राशिफल : २०७७ कार्तिक १ गते ( अक्टोबर १७, २०२० ) शनिबार

मेष

स्वास्थ्यमा समस्या देखिन सक्नेछ । आर्थिक तनाव वा लेनदेनमा विवाद हुन सक्ने योग रहेको छ।  विद्यार्थीहरुको लागि राम्रो समय छ।  

वृष

पेट सम्बन्धि समस्याले सताउनेछ । नकारात्मक विचारहरु उत्पन्न हुनेछन् । कुनै शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । 

मिथुन

रिसमा नियन्त्रण गर्नुपर्ने दिन रहेको छ । परिवारमा तनाव सिर्जना हुन सक्छ । आर्थिक लाभ मिल्नेछ । 

कर्कट

सुखद समाचार सुन्न पाइनेछ । कसैसंग मनमुटावको स्थिति पनि सिर्जना हुन सक्छ । आर्थिक समस्याले सताउनेछ । 

सिंह

कुनै कुराले मनमा चिन्ता बढ्नेछ । आफ्नो योग्यता तथा बुद्धिको प्रयोग गर्दा फाइदा मिल्नेछ । राम्रो फल प्राप्त हुनेछ । परिवारमा खुशी छाउनेछ । 

कन्या

मानसिक तथा शारीरिक रुपमा बलियो महसुस गरिनेछ । नोकरी तथा व्यवसायमा अप्ठ्यारो परिस्थिति आउन सक्छ । परिवार तथा साथीहरुको सहयोग मिल्नेछ । 

तुला

परिवारमा कसैसंग झगडा हुनसक्छ । नयाँ विचारहरु आउनेछन्, जसले गर्दा ऊर्जा र आत्मविश्वासमा वृद्धि हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । 

वृश्चिक

सकारात्मक विचार आउनेछन् । प्रतिष्ठित व्यक्तिबाट सहयोग मिल्नेछ । परिवारको सहयोग मिल्नेछ । आज आर्थिक लेनदेन नगर्नु राम्रो हुनेछ । 

धनु

रिसलाई नियन्त्रण गर्नुपर्नेछ । काममा बाधा उत्पन्न हुन सक्छ । आँखा सम्बन्धि स्वास्थ्य समस्याले सताउन सक्छ । आज यात्रा नगर्नु राम्रो हुनेछ। 

मकर

उतार चढावको सामना गर्नुपरेनछ । साथीहरुसंग मनमुटावको स्थिति सिर्जना हुनसक्छ । स्वास्थ्यमा समस्या देखिनेछ । धन प्राप्त हुनेछ । 

कुम्भ

आफ्नो योग्यता र बुद्धिले सफलता हासिल गर्न सकिनेछ । स्वास्थ्य समस्याले सताउनेछ । परिवारमा सुखद समाचार सुन्न पाइनेछ । 

मीन

परिवारमा खुशीयाली छाउनेछ । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । आफूलाई नकारात्मक विचारबाट बचाउनुपर्ने दिन रहेको छ । 

Comments