मेलबर्न। अष्ट्रेलियाबाट नेपअस क्रियु र बाबा फिल्म्सको दशैं विशेष कोसेली युट्युब मार्फत आइपुगेको छ।

नेपअस क्रियु अष्ट्रेलियामा रहेर नेपाली कला, संस्कृति, नेपाली संगीत तथा नृत्यको सम्बर्द्धन तथा प्रबर्द्धनमा लागिरहेको छ भने बाबा फिल्म्स नेपाली गीत संगीत तथा प्रस्तुतिहरु भिडियोको माध्यमबाट अझ माथि पुर्याउन अगाडी बढिरहेको छ। जुन उदाहरण शुक्रबार मात्रै सार्वजनिक भएको दशैं कोसेली पनि हो।

बाबा फिल्म्सको युट्युब च्यानल मार्फत सार्वजनिक ‘दशैं आयो’ भिडियो नेपाली चलचित्र मुग्लानको लोकप्रिय गीत दशैं आयोको कभर भिडियो हो।

भिडियोमा सायद श्रेष्ठले कोरियोग्राफी गरेका छन्। सायद श्रेष्ठ, रचना श्रेष्ठ, किरण कुँवर मगर, सिमरन कौर र सृष्टि श्रेष्ठको नृत्यले भिडियोलाई सुन्दर बनाएको छ।

भिडियोको निर्देशन तथा सम्पादन संजय सेन्चुरीले गरेका हुन्।

Comments